पुष्पकमल दाहाल त्यस्तो चारित्रिक प्रवृत्ति पात्र हुन्, जसको विश्वासघातलाई संसारको कुनैपनि घटनासँग तुलना गर्न सकिदैन । २० हजार मानिसको हत्या गरेर उनीहरुको लासमा टेक्दै सिंहदरबार छिरेका उनलाई न जनताको माया, न त राष्ट्रको । सोझासिधा जनतालाई बलिको बोको बनाएर हत्याहिंसाको राजनीतिबाट सिंहासनमा पुगेका प्रचण्ड हिजो जति वद्नाम थिए आज झन वद्नाम र मुलुकका लागि अभिशाप बन्दै गएका छन् ।
विश्वमा कोरोना भाइरसका कारण मानव सभ्यता रहने कि नहरने भन्ने महामारी फैलिरहेको बेला विश्वका अन्य मुलुकहरुमा सत्तापक्ष, प्रतिपक्ष नभनी सम्पूर्णको ध्यान कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारलाई साथ सहयोग गर्दै गइरहेका छन् । तर यहाँ भने यस्तो विषम् परिस्थितिको मौका छोपेर सत्ता परिवर्तन गर्न सकिन्छ कि भनेर दाहाल, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजीहरु सक्रिय भएको देख्दा लाग्छ, यिनीहरु पद र पैसाका लागि मानवीय संवेदनशिलताको पनि प्रवाह गर्दैनन् ।
सोझासिधा जनतालाई बलिको बोको बनाएर हत्याहिंसाको राजनीतिबाट सिंहासनमा पुगेका प्रचण्ड हिजो जति वद्नाम थिए आज झन वद्नाम र मुलुकका लागि अभिशाप बन्दै गएका छन् ।
भारतीय इशारामा चल्ने यी र यस्ता प्रवृत्ति बोकेका नेताहरुबाट देश र जनताले के अपेक्षा गर्ने ? १५ वर्ष नेकपा एमाले जस्तो पार्टीको महासचिव बनेका माधव नेपाल प्रचण्डको झोले भएको देख्दा आज सिंगो कार्यकर्ता पंक्ति आश्चर्य चकित छ । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेको यही हो ।
प्रचण्डमण्डली यतिबेला खुमलटार दरवारमा ह्वीस्की र ५५५ चुरोटको सर्को तानिरहेका छन् र करोडौंको सुविधा सम्पन्न गाडीमा सयर गरेर पाँचतारे होटलको खानामा रुमलिरहेको बेला पूर्वलडाकुहरु रुँदै हिडेका छन् । मनभरी असीमित तन्नेरी इच्छा र आकांक्षा हुँदाहुँदै पनि प्रचण्ड नेतृत्वले बाँडेको झुटो सपनामा परेर आलस्यको जीवन विताइरहेका पूर्वलडाकुको कारुणिक पीडा माओवादी नेतृत्वले नसुन्नुले प्रचण्डलगायत उनका भजनमण्डलीहरुको चरित्र उदांगो भएको त छ नै यसले नेपाली समाजको मनोविज्ञानलाई नराम्रोसँग विभाजित गरिदिएको छ । उनलाई यो हैसियतसम्म पुर्याउने तत्कालिन लडाकुहरुमध्येका केहीले त आक्रोश थाम्न नसकेर आक्रमणमै उत्रिएका छन् भने अधिकांस आज रुदै प्रचण्डको जनयुद्धमा होमिएर गल्ती गरिएछ भन्दै सत्तोसराप गरिरहेका छन् । प्रचण्डलाई तिनै लडाकुको आँसुले पिरोलिरहेको छ ।
मनभरी असीमित तन्नेरी इच्छा र आकांक्षा हुँदाहुँदै पनि प्रचण्ड नेतृत्वले बाँडेको झुटो सपनामा परेर आलस्यको जीवन विताइरहेका पूर्वलडाकुको कारुणिक पीडा माओवादी नेतृत्वले नसुन्नुले प्रचण्डलगायत उनका भजनमण्डलीहरुको चरित्र उदांगो भएको त छ नै यसले नेपाली समाजको मनोविज्ञानलाई नराम्रोसँग विभाजित गरिदिएको छ ।
प्रचण्डले जनयुद्ध कालदेखि हालसम्म लुटेर र अवैध तरिकाबाट आर्जन गरेको र लडाकुको नामा खाएको अबौं सरकारी पैसा सम्धी टीवी पाठकमार्फत भारतीय वैंकहरुमा राखेका छन् । स्मरण रहोस् टीवी पाठक भारतको पञ्जाव नेशनल बैंकका एकाउन्ट अफिसर हुन् । यी त प्रतिनिधि पात्र मात्र हुन ।
युद्धकालमा समानता र जातीय राज्यका बारेमा नथाकुन्जेल वहस चलाउने माओवादी नेताहरु यतिबेला शहरमा रमरौसमा जमिरहेका छन् । के हजारौ नेपाली जनताका छोराछोरीको वलिदानी माओवादीका केही नेतालाई नवधनाढ्य वर्गमा रुपान्तरण गर्न कै लागि भएको थियो त ?
अहिले समाजमा जे जस्ता अपराध भइरहेका छन्, त्यो प्रचण्डकै देन हो । उनी अपराध दुनियाँको देवता बनेका छन् । आज हत्याहिंसाको राजनीतिबाट उनले समाजलाई दिएको मुख्य उपहार भनेकै झुटो बोल्नु, अपराध गर्नु, आफ्नो स्वार्थको लागि राष्ट्रघात गर्नु र उस्तै परे देश वेच्न पनि पछि नपर्नु ?
प्रचण्डको चारित्रिक र मनोविज्ञानलाई केलाउन थाल्ने हो भने पुस्तकको एउटा लाइवेरी नै तयार हुन सक्दछ । तर त्यतापट्टि म जान चाहन्न । प्रचण्डका विषयमा नेपाली समाज राम्रैसँग जानकार छ, त्यसैले धेरै लेखिरहनु आवश्यक ठान्दिन । तर निष्कर्षमा यति भन्न सकिन्छ, पद र पैसाका लागि देश र जनता नै वन्दकी राख्नु परे पनि पछि नपर्ने पात्र हुन प्रचण्ड ।
प्रचण्डले जनयुद्ध कालदेखि हालसम्म लुटेर र अवैध तरिकाबाट आर्जन गरेको र लडाकुको नामा खाएको अबौं सरकारी पैसा सम्धी टीवी पाठकमार्फत भारतीय वैंकहरुमा राखेका छन् । स्मरण रहोस् टीवी पाठक भारतको पञ्जाव नेशनल बैंकका एकाउन्ट अफिसर हुन् ।
जहिले पनि यो या त्यो वहानामा अर्थात पानी धमिल्याएर माछा मारिरहन पल्केका पात्र हुन उनी । अहिले उनी देशमा राजनीतिक अस्थिरता खडा गर्ने, द्वन्द्वमा फसाउने र प्राप्त उपलव्धीलाई समाप्त पार्ने खेलको गोटी बनिरहेका छन् ।
प्रचण्ड कहिले जातीय नारा दिएर मुलुकलाई द्वन्द्वमा फसाउने, कहिले क्षेत्रीयताको नाममा भाडभैलो गर्ने, कहिले क्रिश्चियन नामको ठूलो मिशन चलाउने, गुट–उपगुट बनाउने, सत्ताको खेलमा लाग्ने, विदेशीको गोटी बन्ने, जसरी भएपनि सम्पत्ति जोड्ने आदिमै तल्लिन देखिन्छन् । त्यसैले प्रचण्ड अब लेण्डुप पथमा गएको आभाष हुन थालेको छ । राष्ट्रवादी जनताद्वारा प्रचण्डको वर्हिगमन अनिवार्य छ । सँगसँगै उनको राजनीतिक पतन पनि, अनि उनी नेपालको इतिहासमा कालो धब्बा बनेर उनको नाम लेखिने छ । उनलाई इतिहासले कहिल्यै माफ गर्ने छैन ।