ताइपेई । ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनको महत्वपूर्ण भूमिका रहेको थियो ।
गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखि अशक्त रहेका उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।
ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दिर्घरोगी पूर्व राष्ट्रपति लीका शरीरका भित्री अंगहरुले काम गर्न छाडेपछि मृत्यु भएको जानकारी दिएका छन् ।
ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति थिए । उनको कार्यकालमा चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो ।
























