काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाला यो एकै दिन संक्रमित भेटिएको सवैभन्दा धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज थपिएका समेत गरेर नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
त्यसतै २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन् । यो पनि एकै डिस्चार्च हुने हालसम्मकै धेरै हो ।
निको हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ । हालसम्म २ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
यसैवीच कोरोना भाइरस संक्रमणका कारण थप एकको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कोरोना संक्रमणका कारण बानेश्वरका एक वृद्धको मृत्यु भएको हो । ८५ वर्षीय पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी उच्च रक्तचाप र पार्किन्सनको बिरामी रहेको बताइएको छ । छाती दुखेपछि र पिसाब कम हुने समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।



















