काठमाडौं । ललितपुरस्थित स्टार अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमित ३० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको अस्पतालले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।
















