प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशमा २००७ सालदेखि फुटेको कम्युनिस्ट पार्टीलाई एक मात्र बनाउनु भएन सबै तहमा कम्युनिष्टको बहुमत सहितको सरकार बनाउनुभयो । चीनसंग पारबहन सन्धी गरेर ब्यापारको वैकल्पिक बाटो खोल्नु भयो । भारतबाट अतिक्रमित नेपालको भूभाग फिर्ता लिन नेपालको नक्सामा समावेश गर्न नेतृत्व लिनु भयो । जसले गर्दा कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भूभाग नेपालको निशाना छापमा समेटियो । नयाँ नक्सा समेटिएको निशाना छाप संविधानमा राख्नका लागि गरिएको संविधान संशोधन विधेयकका पक्षमा दुवै सदनमा अभूतपूर्व एकता कायम गराउन प्रधानमन्त्री ओलीको बिषेश योगदान छ त्यसको मुल्याड्कन जनताले गरेका छन् र उहाँलाई धन्यबाद दिएका छन् । अव नेपाली भूभागबाट भारतीय सेना फिर्ता पठाउन उहाँले कूटनीतिक पहल गर्नुपर्छ । त्यो गर्नुहुन्छ र सफलता पनि प्राप्त गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
भारतबाट पेट्रोलियम पदार्थको आयात गर्न पाईपलाइनको व्यवस्था गर्नु भएका प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दीको डटेर सामना गरी नेपालको राष्ट्रियता र स्वाभिमानलाई अझ मजबुत पार्नु भयो । बिश्ब जगतले देख्ने गरी नेपालको ईतिहासमै नभएका यी सबै काम भईसके तर यसलाई बिर्सिएर हामीले तिनै केपी ओलीको विरोध मात्र गर्ने हो भने भोलि तपाई÷हाम्रै पार्टी राजनीति सकिने छ । हामीले केपी ओली नामका धरोहरलाई जोगाउन तिर नलागेर बिरोध मात्र गर्ने हो भने भोलीका दिनमा सबै कम्युनिस्ट राजनीतिमा आस्था राख्नेहरुको अस्तित्व समाप्त हुनेछ । ईतिहासले हामी सबैको लेखाजोखा गर्ने छ । त्यतिबेला हामीले कहाँ र कसरी जनता माझमा आफ्नो स्थान सुरÞक्षित गर्न सक्छौ ? जनताले ५ बर्षे स्थायी सरकारको लागि बहुमत दिएर हामीलाई गुन लगाएका छन् ।
हाम्रो गौरबमय पार्टी नेकपाको अस्तित्व, नेतृत्व, एकता र बहुमतको सरकार बचाउनको लागि हामी सबै नेता र कार्यकर्ता आ–आफ्नो ठाउँमा उत्तीकै जिम्मेवार छौ, त्यसैले हामी सबैले आ–आफ्नो तह र तप्काबाट सकारात्मक पहल गर्नुपर्दछ ।
हो, प्रधानमन्त्रीको बिरोध गर्न पाईन्छ तर तथ्य र यथार्थताको आधारमा गर्नुपर्छ । तथ्यहीन बिरोध गर्नु आफैमा लज्जास्पद कुरो हो । प्रधानमन्त्रीले राष्ट्रिय सभामा बोल्दा ‘बेसार हाम्रो स्वास्थको लागि लाभदायक छ, यसमा हाम्रो शरीरलाई चाहिने औषधिय गुण रहेको बेसार खाँउ’ भन्नु भएको हो । तर बिष नै खाउ भने जसरी बिरोध भइरहेको छ । प्रत्येक नेपालीको भान्छामा बेसार प्रयोग गरिन्छ तर केपी ओलीले त्यही कुरा भन्दा बिरोधको लागि बिरोध गरियो । प्रधानमन्त्रीले धुलो–धुबाँबाट बच्न माक्स प्रयोग गरौ भन्दा पनि बिरोध गरिएको थियो । कतिपयलाई कसैले भने पछि गर्ने बानी हुन्छ । नेपालमा बिदेशी एनजिओ÷आईएनजिओहरुले करोडौ–करोडौ रुपैयाँ हात धुनु पर्छ, सरसफा हुनु पर्छ, कुपोषणबाट बच्नु पर्छ, जुकाको दबाई नियमीत खानु पर्छ, झाडा पखाला लाग्दा जीवनजल खानु पर्छ भन्ने जस्ता मानिसका दैनीक जीवनका स–साना कुराहरुमा जनचेतना जगाउन सामाजिक कार्यकर्ता परिचालनको रुपमा खर्चिएका छन् । त्यसो गर्दा ताली बजाउने त्यही कुरा प्रधानमन्त्रीले भन्दा मजाग गर्ने यो कस्तो प्रवृत्ति हो । हाम्रो संस्कार, संस्कृति र सोच कता तिर जादै छ ? यो एउटा गम्भीर प्रश्न हो ।
केपी ओली प्रधानमन्त्री बनेसँगै भारत उहाँका विरुद्धमा विभिन्न षडयन्त्रका तानावाना बुन्न तल्लित हुँदै आएको अनुभूति विभिन्न घटनाक्रमले देखाइरहेको छ । भारतले कब्जा गरेको भूमि फिर्ता ल्याउन प्रक्रिया शुरु गर्नुका साथै नागरिकता विधेयक जस्ता राष्ट्रियता र सार्वभौमसत्तासँग जोडिएका कृयाकलाप पछि भारत अझ ओलीप्रति रुष्ट भएको छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सकिन्छ कि भन्ने दाउमा रहेको भारत नेकपाभित्र विभिन्न कोणबाट चलखेल गरिरहेको अनुभूति कार्यकर्ताले गर्न थालेका छन् ।
प्रधानमन्त्रीका विरुद्ध केही नेताले दिएको अभिव्यक्ति र कोठे छलफलले त्यो अनुभूति गराएको छ । तर आम नेकपाका नेता, कार्यकर्ता र जनता समेत प्रधानमन्त्री ओलीको पक्षमा छन् । राष्ट्रियता, सर्वाभौमसत्ता र अखण्डताका पक्षमा काम गर्ने, देश र जनताको समृद्धि, विकासमा लाग्ने राजनेता ओली विरुद्धको विदेशी षडयन्त्र सफल बनाउन नेकपाका प्रमुख नेताहरुले सहयोगी बन्छन् भन्ने कुरामा नेकपा नेता, कार्यकर्ता आशंका पनि गर्न सक्दैनन । किन भने त्यस्तो षडयन्त्र सफल बनाउन लाग्नु भनेको पार्टी मात्र होइन, देश नै अप्ठ्यारो स्थितिमा पुग्न सक्छ । त्यसैले नेकपाका प्रमुख नेताहरुले सरकारलाई रचनात्मक सुझाव र सहयोग गरेर सरकारलाई सफल बनाउन लाग्नुपर्छ । सरकारको सफलता भनेको पार्टीको सफलता हो, देशको सफलता हो, जनताको सफलता हो ।
देश कोभिड–१९ को यस माहामारीबाट गुज्रिरहेको छ । यस्तो बेला प्रधानमन्त्री केपी ओली र सरकारको विरोधको लागि विरोध गर्ने प्रवृत्तिको अन्न्य गरौं । हाम्रो पार्टी नेकपाको एकताको जगमा बनेको यो सरकारलाई अझ बलियो बनाएर देश विकास र राष्ट्र निर्माणमा जुट्नु आजको आबश्यकता हो । हामी सबैको कर्तब्य हो । हाम्रा दुई अध्यक्षबीच फुट होईन जुटको बाताबरण बनाउनु पर्छ । पार्टी एकतालाई अझ बढी मजबुत बनाउनु पर्छ ।
(लेखक नेकपाका युवा नेता हुन्)