काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै चीन घुम्न जान नलागेको बताएका हुन ।
प्रधानमन्त्री ओलीले भने, ‘देशको हित र भलाईको लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसरी नै हामीले हाम्रा भ्रमणहरुलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ ।’
चिनियाँ परियोजना विरआरआईलाई संकेत गर्दै ओलीले अहिले देशको अवस्था कसैसँग ऋण लिने अवस्था नरहेको पनि बताएका छन् ।
आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताउँदै ओलीले यही मङ्सिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरेका छन ।
प्रधानमन्त्री ओलीले भने, ‘देशको हित र भलाईको लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसरी नै हामीले हाम्रा भ्रमणहरुलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ ।’