काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा दिइएको जानकारी अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय १६ जना डिस्चार्ज भएका छन् । यी समेत गरि हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।
संक्रमित मध्ये हालसम्म २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।




















