काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी अर्थात एकै दिन ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर गरिएको परीक्षणमा ६ सय ७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ जना पुगेको छ। जसमा १ हजार ७२ पुरुष ११४ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
त्यस्तै नेपालमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेकोे संख्या २२ जना पुगेको छ ।



















