काठमाडौं । आज थप एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आइतबार थप १६६ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या १५ सय ६७ पुगेको छ भने २२० जना उपचारपछि निको भएर घर फर्केका छन्।
पछिल्लो २४ घण्टामा संक्रमित पुष्टि भएकामा पोखरामा ३ जना, स्याङ्जाका दुई, तनहुँका एक पर्सा सुगौलीका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना रहेका छन्।
त्यस्तै सल्यानका २५, सुर्खेत १, कपिलवस्तुका १ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४, मोरङका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
त्यस्तै धनुषा, कपिलवस्तु, रौतहट र सर्लाहीका ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
दैलेखस्थित दुल्लुका एक ३५ वर्षीय पुरुषको आइतबार कोरोना संक्रमणका कारण मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन्।
आइतबार नै बाजुराकी एक २ वर्षीय बालिकाको कोरोनाकै कारण मृत्यु भएको थियो।



















