काठमाडौं . नेपालमा थप एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित व्यक्ति नवलपरासी जिल्लाको देवचुली नगरपालिका-१२ का ४९ वर्षीय पुरुष हुनुहुन्छ ।
उहाँको भरतपुरस्थित कोभिड ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।


















