जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए भने तीन हजार ४०३ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजारको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजारको ज्यान गएको छ जबकी अघिल्लो दिन यहाँ ७ सय ५० जनाको मृत्यु भएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८१ हजार ७९५ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७९, स्पेनमा १२३ र फ्रान्समा २६३ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा ११ हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
| क्र.सं. | महादेश | कूल संक्रमित | निको भएका | कूल मृत्यु |
| विश्वभर | ४२,६९,६८४ | १५,३४,०१३ | २,८७,५२९ | |
| १. | युरोप | १६,६४,५८८ | ६,७६,३७९ | १,५४,०८१ |
| २. | उत्तर अमेरिका | १५,२०,१३४ | ३,२९,२१२ | ९१,३६९ |
| ३. | एसिया | ६,८७,००९ | ३,८३,१८४ | २२,५४३ |
| ४. | दक्षिण अमेरिका | ३,२०,८४३ | १,१२,८६७ | १७,०४८ |
| ५. | अफ्रिका | ६७,७७८ | २३,९८९ | २,३५५ |
| ६. | ओसेनिया(अस्ट्रेलिया) | ८,५७१ | ७,७०७ | ११८ |
दक्षिण एसियाली मुलुकहरु
| १. | भारत | ७०,८२७ | २२,५४९ | २,२९४ |
| २. | पाकिस्तान | ३२,०८१ | ८,५५५ | ७०६ |
| ३. | बंगलादेश | १५,६९१ | २,९०२ | २३९ |
| ४. | अफगानिस्तान | ४,६८७ | ५५८ | १२२ |
| ५. | श्रीलंका | ८६९ | ३४३ | ९ |
| ६. | माल्दिभ्स | ८९७ | २९ | ३ |
| ७. | नेपाल | १९१ | ३३ | – |
| ८. | भुटान | ११ | ५ | – |

























