बनेपा, लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस काभ्रे पनौतीको आयोजनामा १२० जनालाई व्यावसायिक तालीम प्रदान गरिने भएको छ । क्लबको आयोजनामा पनौती नगरपालिका र लायन्स क्लबका डिस्ट्रिक गभर्नर इन्दु लम्सालको सहयोगमा पनौती नगरपालिकाभरिका १२० जनालाई तालीम प्रदान गरिने भएको हो ।
विद्युत, प्लम्बिङ र कार्पेन्टरसम्बन्धी तीन महीने तालीम हुने क्लबका पूर्वअध्यक्ष भोला थापाले बताउनुभयो । “तालीमका लागि डिस्ट्रिक गभर्नरबाट ८० र नगरपालिकाबाट २० जनालाई सहभागिता गराइनेछ”, थापाले भन्नुभयो, “त्यसका लागि पनौती नगरपालिकाबाट चार लाख र पनौती उद्योग वाणिज्य सङ्घबाट चार लाख गरी आठ लाखको चेकसमेत हस्तान्तरण भैसकेको छ ।”
तालीमका लागि अलकापुरी व्यावसायिक तालीम केन्द्रसँग समन्वय भइसकेको क्लबले जनाएको छ । नगरभित्रका युवायुवतीहरुलाई व्यावसायिक सीपयुक्त बनाई आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको हो । रासस