काठमाडाैं । गैरआवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनावी माहोल तात्तिदै गएको छ ।
विभिन्न मुलुकमा गैरआवासिय नेपाली संघको चुनाव सकिइसकेको अवस्थामा भने अष्ट्रेलियामा चुनावी वातावरण गर्मिदै गएको छ । विश्वमा छरिएर रहेका नेपालीहरुमध्ये धेरै जस्तो नेपालीहरु अष्ट्रेलियामा रहेको जनाइन्छ । अहिले अष्ट्रेलियामा झण्डै १ लाख २० हजारको हाराहारीमा नेपालीहरु रहेको जनाइन्छ । तर एनआरएन सदस्य भने १२ हहजार रहेका छन् ।यस्तै, जुलाई ६ मा अष्ट्रेलियामा चुनावी कार्यक्रम तय भएपछि विभिन्न पदका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तीब्र पार्दै लगेका छन् । एनआरएनए अष्ट्रेलियाको किङल्याण्ड राज्यको कोषाध्ययक्षमा रोजेश घिमिरेले उम्मेवदारी दर्ता गराएपछि उनलाई नेपालीहरुले संभावित नेतृत्व भन्दै जितको सुभकामना दिन थालेका छन् ।
संखुवासभामा जन्मेर अष्ट्रेलियालाई कर्मथलो बनाउदै आएका घिमिरे साथीहरुसँग मिलेर अष्ट्रेलियाको नर्थ ब्रिसबेनमा नेपाली भाषा पाठशाला संचालन गर्दै आएका छन् । नेपाली आमाबुबाका सन्तानलाई नेपाली भाषा सिकाएर उनीहरुलाई नेपाली भएको महशुस गराउने उद्धेश्य बोकेर उनले नेपाली भाषा पाठशाला चलाउन थालेको जनाएका छन् ।
घिमिरेले सन २००६ देखि २००८ सम्म एम्नेष्टि इन्टरनेश्नलमा युथ कोडिनेटर भएर काम गरिसकेका छन् । उनले २००८ मा एसिएन नेटवर्क फर फ्री इलेक्सन नामक अन्तराष्ट्रिय संस्थामा काम गरेको अनुभव समेत बटुलेका छन् ।
यस्तै, घिमिरेले सन २०१३ देखि २०१५ सम्म एनआरएनए तास्मानियामा कार्यकारी पदमा काम गरेका हुन भने, २०१५ देखि २०१६ सम्मनेपाली समाज ता्मानियाको सचिव भएर जिम्मेवारी सम्हालीसकेका छन् । अहिले उनले २ वर्षे कार्यकालका लागि एससीसी क्विन्सल्याण्डमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
समुदायका लागि हरपल, समावेशी एनआरएन भन्ने नाराका साथ निर्वाचनमा होमिएका घिमिरे किङ्सल्याण्ड राज्यमा चर्चित व्यक्ति मानिन्छन् । उनी उक्त राज्यमा मात्रै नभएर सिंगो अष्ट्रेलियामा नेपाली समुदायका माझ अत्यन्तै मिलनसार र सालिन व्यक्तिका रुपमा चिनिन्छन् ।