काठमाडौँ, प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले बारास्थित चन्दननाथ गण र पर्सास्थित चण्डीप्रसाद गणको निरीक्षण गर्नु भएको छ । उक्त निरीक्षणको क्रममा प्रधानसेनापति थापाले चैत्र १७ गते आएको हावाहुरीबाट प्रभावित क्षेत्रको समेत अवलोकन गर्नुु भएको हो ।
प्रभावित क्षेत्र बारा र पर्साको बर्तमान वस्तुस्थितिको अवलोकन गरि नेपाली सेनाले प्रभावित क्षेत्रमा हालसम्म गरेका कार्यहरुको बारेमा जानकारी हासिल गर्नूका साथै स्थलगत अवलोकन गर्नु भएको थियो ।
साथै उहाँले सोही अवसरमा स्थानीय जनता र जनप्रतिनिधिहरुसँग अन्तरक्रिया समेत गर्नु भएको थियो । अन्तरक्रियामा हावाहुरी प्रभावित भएका तथा ज्यान गुमाएका परिवार प्रति दूःख व्यत्त गर्नु भएको थियो ।
























