काठमाडौं,प्रहरीले एब फरार अभियुक्तलाई गोली हानेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले युवराज गिरीलाई गोली हानेको हो ।
उनले गत शुक्रबार कोहलपुरमा दिपक सिंहको हत्या गरेका थिए । हत्यापछि उनी फरार भएका थिए ।
पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेकाले गोली हान्नुपरेको प्रहरीले जनाएको छ ।
प्रहरीको असई पदमा जागिर खान पुगेका दीपकसिंह ठाकुरीको विभत्स हत्यामा संलग्न रहेको हत्या आरोपी युवराज गिरीलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको हो । प्रहरीले आज गिरीलाई पक्राउ गरेको छ ।
२६ माघमा बाँकेको कोहलपुरमा ठकुरीको विभत्स हत्यामा संलग्न रहेको आरोप गिरी माथि छ । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाटै पक्राउ गरिसकेको छ ।