हेटौँडा, प्रदेश नं. ३ का मुख्यमन्त्री डौरमणि पौडेलले हेटौँडाबाट प्रदेशको राजधानी मकवानपुरको हेटौँडामै उपयुक्त भएपनि राजधानी सार्न चलखेल र षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
न्यू क्लब हेटौँडाको उद्घाटन गर्दै उहाँले आर्थिक, प्रशासनिक, औधोगिक रुपमा विकासको वातावरण भएको हेटाँैडामा राजधानी अत्यन्त उपयुक्त रहेको बताउँदै अब राजधानी सार्नु उपयुक्त नभएको जिकिर गर्नुभयो ।
हेटौँडाबाट राजधानी सार्दा यहाँ विस्तार भइसकेका पूर्वाधार नरहने भएकाले ठूलो रकम खर्च हुने पनि उहाँको तर्क थियो । रासस