काँँडाघारीमा आइतबार अपरिहत बच्चाको हत्या भएको छ। ११ वर्षिय निशान खड्काको शव ठिमीमा गाँडिएको अवस्थामा भेटिएको छ।
अपहरण गर्नेहरु इन्काउटरमा मारिएका छन् । अजय तामाङ र गोपाल तामाङ मारिएका हुन्। बच्चालाई हत्या गरेको खुलेपछि प्रहरीले उनीहरुमाथि गोली हानेको हो।
दुवै अपहरणकारी चिनजानकै व्यक्तिहरु हुन्। उनीहरु आइतबार दिउँसो नै बालकको आमाले सञ्चालन गर्ने पसलमा आएर बसेका थिए। साँझ बच्चालाई घुम्न भनेर लिएर गई अपहरण गरेका हुन्। अपहरणपछि उनीहरुले ४० लाख फिरौती मागेका थिए।