काठमाडौंको काँडाघारीबाट एक बालकको अपहरण भएको छ। अपहरणकारीले परिवारसँग ५० लाख फिरौती मागेका छन्।
११ वर्षिय बालक निशान खड्का हराइरहेकोमा फिरौती माग भएपछि अपहरण भएको खुलेको हो।
उनी आइतबार बेलुकादेखि फरार थिए। सोमबार बिहान परिवारका सदस्यलाई फोन गरेर फिरौती मागिएको थियो। पेशेवर अपराधीक समूहले अपहरण गरेको वा आफन्तले भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखाबाट समेत टोली खटिएको छ।