डा.गोविन्द केसी १५औं पटक अनशनरत छन् । चिकित्सा क्षेत्रलाई आफ्नो एजेण्डा बनाएर पटक–पटक आमरण अनशन बस्दै आएका डा. केसीको माग के साँच्चीकै जायज छन् त ? यदि जायज भएको भए राज्यले पक्कै सुन्थ्यो होला ? तर, डा. केसीको माग सबै जायज छैन । जति थिए, ती सबै पूरा भइसकेको जानकारहरुले बताएका छन् ।
पटक–पटक अनशन बसेर ‘पटके अनशनकर्मी’को ट्याग समेत पाएका डा. केसीको माग पूरा भइसकेको पूर्वशिक्षा तथा स्वास्थ्य सचिव शान्ताबहादुर श्रेष्ठले बताएका छन् । उनले शािनबार राजधानीमा आयोजित एक सात्क्षाकार कार्यक्रममा बोल्दै अनशनरत डाक्टर केसीले उठाएका धेरै मागहरु लागु भइसकेको बताउ“दै भने, ‘उहा“ले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको लागि मागहरु राखेर धेरैपटक अनशन बस्नुभएको छ । म उहा“को अनशन बस्ने हिम्मतको सम्मान गर्छु । म पनि वार्तामा धेरैपटक बसेको छु,। उहा“ले उठाएका धेरै मागहरु पूरा भइसकेका छन् ।’
त्यस्तै, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले डाक्टरले अनशन बस्दैमा समस्या हल नहुने भन्दै डाक्टर त्यसमा पनि प्रोफेसर जस्तो व्यक्ति अनशन बस्ने तरिका बेठीक रहेको बताएका छन् । उनले भने, ‘डाक्टरले अनशन बसेर राज्यलाई दबाब दिने कुरा सुहाउ“दो होइन ।’ उनले डाक्टर जस्तो भएर अनशन बस्दै नयाँ पुस्तालाई राम्रो सन्देश नदिएको पनि बताए ।
लोकतन्त्रमा अनशन भनेको एटम बमजस्तो अन्तिम हतियार हुने बताउ“दै उनले भने, ‘यहा“ हाम्रो देशमा त १५औं पटकसम्म पनि अनशन बस्नु भनेको त अनशनकारीको मुद्दा नै कमजोर रहेछ भन्ने पुष्टि हुन्छ, सरकारको पनि केही कमजोरी रहेछ भन्ने हुन्छ ।’ यति मात्र नभएर डा. केसीको अनशनलाई कुटनीतिक संज्ञा समेत जानकारहरुले दिन थालेका छन् । डा. केसीको अनशनले नेपालको चिकित्सा क्षेत्रको विकास नभएर धरायसी बनाउने काम गरेको कतिपय चिकित्सकहरु नै बताउँदै आएका छन् ।