एनआईसी एशिया बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदवाट दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गर्दै का.मु. प्रमुख कार्यकारी अधिकृतमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने एन आई सी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानका मुख्य अभियन्ता समेत हुन् ।
न्यौपानेले बैंकका ग्राहकलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरी उनीहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि ‘एक उत्कृष्ट बैंक पनि साथी पनि’ बन्ने महाअभियानमा सदा प्रतिवद्ध रहन सबै पक्षसँग अनुरोध गरेका छन् ।
१८४ शाखा तथा १८७ एटीएमसहित निजी क्षेत्रको सवैभन्दा बढी शाखा सञ्जालबाट यो बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकको मुलुकभर १० लाख भन्दा बढि सेवाग्राही रहेका छन् ।