लमजुङ । तामाङ समुदायको पर्व सोनाम ल्होसार फागुन ४ गते पर्ने भएकाले सो अवसरमा अवसरमा सरकारले माघ ४ गते दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको छ । तामाङ घेदुङ संघ लमजुङ शाखाले पत्रकार सम्मेलन गरी ४ माघका दिन दिएको बिदा फिर्ता लिन आग्रह गरेको हो ।
मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा ( फागुन ४ गते पर्ने भन्दै माघ ४ गतेको सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेको उक्त संघले जनाएको छ । कार्यक्रममासंघका जिल्ला कार्यकारिणी समितिका अध्यक्ष अजय तामाङले नेपाली पात्रोमा गलत मितिमा सोनाम ल्होसार उल्लेख भएको बताए ।
‘माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होेसार पर्छ, माघ शुक्ल प्रतिपदा फागुन ४ गते हो’, तामाङले भने, ‘ हामीले फागुनमा ल्होसार मनाउने हो त्यसैले माघ ४ को बिदा आवश्यक छैन ।’
फागुन ४ गते शेर्पा जातिले मनाउने ध्याल्पो ल्होसार पनि परेको र उक्त दिन स्वतः सार्वजनिक बिदा भएकाले अर्को बिदा घोषणा गरिरहनुपर्ने आवश्यक नरहेको उनले बताए । तामाङ जातिले चरा वर्गको बिदाइ र कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदैछन् ।