न्यायलयलाई विवादमा ल्याउने हर्कत
अदालतको अपहेलना गरेको अभियोगमा गिरफ्तारमा परेका त्रिविका चिकित्सक डा. गोविन्द के.सी.को मुद्दाले यतिबेला नेपालको राजनीतिलाई पौष महिनाको जाडोमा समेत चैत्र वैशाकको गर्मी मौसम झै बनाएको छ । उनको गिरफ्तारसँगै प्रधानमन्त्री शेरबहादुर देउवादेखि राजनीतिक दलका नेताहरु, उच्च पदस्थ व्यक्तित्वहरु, संचारमाध्यम, विभिन्न क्षेत्रका व्यक्तिलगायत सर्वसाधारणले समेत विविध खालका प्रतिक्रिया दिइरहेका छन् ।
अदालतको अपहेलना गरेको अभियोगमा गिरफ्तारमा परेका त्रिविका चिकित्सक डा. गोविन्द के.सी.को मुद्दाले यतिबेला नेपालको राजनीतिलाई पौष महिनाको जाडोमा समेत चैत्र वैशाकको गर्मी मौसम झै बनाएको छ । उनको गिरफ्तारसँगै प्रधानमन्त्री शेरबहादुर देउवादेखि राजनीतिक दलका नेताहरु, उच्च पदस्थ व्यक्तित्वहरु, संचारमाध्यम, विभिन्न क्षेत्रका व्यक्तिलगायत सर्वसाधारणले समेत विविध खालका प्रतिक्रिया दिइरहेका छन् ।
डा. के.सी. को कार्यशैलीलाई समर्थन गर्नेहरु यतिवेला उनको पक्षमा भदौंमा आँखा फुटेको गोरुले जहिले पनि हरियो देखें झै अन्धभक्त भएर लागिपरेका छन् । उनको कार्यशैली, भाषा, बोली र विचार कति ठिक वा कति वेठिक छ ? त्यो आम जनताले मूल्याङ्कन गरेकै विषय हो । तर उनलाई अहिले सर्वोच्च अदालतले कुन अभियोग लगाएर गिरफ्तार ग-यो ? त्यो कति ठिक हो या बेठिक हो ? भने प्रष्ट हुन पर्दछ ।
साथै यस विषयमा जसरी कारवाही प्रक्रिया अगाडि बढेको छ त्यसको सहि तरिकाबाट मूल्याङ्कन हुन आवश्यक देखिन्छ ।
डा. केसीको गिरफ्तार पश्चात राजनीतिक वृतमा जुन रुपमा तरंग पैदा भएको छ त्यो आवश्यकता भन्दा बढी भएको प्रष्ट देखिन्छ । उनलाई मिडिया, राजनीतिक दलका नेताहरुका साथै समाजका गन्यमान्यहले जुन रुपमा महत्व दिएका छन् त्यो नदिएको भए पनि कुनै फरक पर्दैन थियो ।
अहिले यो मुद्दामा सवै पक्षले आफ्नो पदीय दायित्व भुलेको हो कि भन्ने भान आम जनतामा पर्न गएको छ । सम्माननीय सर्वोच्च अदालतले आम नेपाली जनतालाई मान्य हुने निर्णय लिन जरुरी हुन्छ । आफ्नो अधिकारको दुरुपयोग गर्ने काम अदालतबाट हुन हुदैंन । त्यस्तै अदालत वा उसको प्रमुख व्यक्तिले व्यक्तिगत रिसिवका आधारमा कसैलाई जथाभावी आरोप लगाएर कारवाही गर्ने अधिकार उनमा हुदैंन । नेपालको संविधानमा सबैको अधिकार र काम कर्तव्य तोकेका छ ।
त्यसमा सवै चल्नु पर्दछ । तर बुझेर पनि अहिले त्यसको उलंग्न भएको देखिन्छ । डा.केसीको मुद्दामा समेत यो लागू भएको छ । सर्वोच्चका प्रधानन्यायधिशको कार्यशैली, विगत, वर्तमान, न्यायिक क्षमता अहिले सबैले देखिरहेको विषय हो । भने डा.केसीको विगतको चरित्र पनि घाम झैं छल्र्लग छ । यस्तो अवस्थामा सहि र निष्पक्ष छानविन हुनु र दोषीलाई कारवाही गर्नु नै उचित देखिन्छ तसर्थ यस विषयलाई राजनीतिकरण गर्नु त्यति उचित देखिन्न ।
डा. केसीको विगतलाई हेर्ने हो भने उनको काम सरकारका महत्वपूर्ण निर्णयमा खोचे थाप्ने मात्रै हो । सरकारले गरेका निर्णयलाई अनशन बसेर उल्टाउने दिन चर्या उनको छ । उनले पेशागत रुपमा गरेका राम्र कामलाई प्रसंसा नगरी भने बस्न मिल्दैन तर उनले पेशागत रुपमा जुन कार्य गर्छन त्यसलाई उनको अनशन पेशाले कालो बादल झैं बनाएको देखिन्छ । उनलाई समर्थन गर्नेहरुले जुन रुपले गरे पनि मेडिकल कलेज स्थापनाका विषयमा उनले सहि काम भने गरेको देखिन्न । यस विषयमा उनले जति पटक अनशन बसेर भौतिक पूर्वाधार पूरा भएका कलेजलाई सम्बन्धन दिनबाट रोकेका छन् त्यसले भने पक्कै पनि सकारात्मक संन्देश भने दिएको छैन । उनले अनशन बसेर जति पटक विजय हासिल गरेका छन् त्यसले उनका महत्वकाक्षालाई भने उचालेको छ । जसको परिणाम अहिले छताछुल्ल भएको छ ।
डा. केसीको मुद्दाले यतिबेला न्यायलयको छविमा समेत धक्का पर्ने देखिन्छ ।
डा. केसीको गिरफ्तारी पश्चात यतिबेला न्याय, अन्यायको पक्ष विपक्षमा भन्दा पनि प्रधानन्यायधिश गोपालप्रसाद पराजुली र डा. केसीको कार्यशैली बोली र व्यवहारको जुहारीले विवादले नयाँ मोड लिने देखिन्छ । पदमा बस्ने व्यक्तिले पदीय दायित्व विर्सेर अगाडि बढेको अवस्था छ भने महत्वकाक्षाले उलितुलि भएका व्यक्तिले आफ्नो जनमत देखाउन अग्रसर रहेको अवस्था छ । यस्तो परिस्थितिमा आगोमा ध्यू थप्ने पक्षले समेत चलखेल बढाएका छन् । जुन घटनाक्रमले आगामी अबका दिनमा सिंगो न्यायलयलाई समेत विवादमा ल्याउने प्रष्ट देखिन्छ । तसर्थ यस विषयमा कसैले कसैको समर्थन गर्नु भन्दा पनि सहि निष्पक्ष तरिकाबाट छानविन गरी दोषीलाई कारवाही गरी अगाडि बढ्नु नै राष्ट्रको हितमा हुने छ ।




















