![cWoIf /fgf – pb3f6g g]kfn pBf]u jfl0fHo dxf;+3sf s]Gb|Lo cWoIf ejfgL /fgf ;f]daf/ t'n;Lk'/ pBf]u jfl0fHo ;+3sf] @% cf}+ :yfkgf lbj; tyf /ht jif{ @)&$ sf] pb3f6g ug'{x'Fb}, . tl:a/ M afnf/fd v8sf, bfª, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/12/1513593147054_BK_Dang_20171218_25353988_1004452549695691_8489815301051044619_n-222x150.jpg)
बागलुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ ।
आयोजक बागलुङ उद्योग वाणिज्य संघले व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।
संघका अध्यक्ष तथा महोत्सवका संयोजक जयराम भारीले यही पुस २३ गतेसम्म चल्ने महोत्सवले बागलुङको पहिचान स्थापित गर्ने विश्वास व्यक्त गर्दै महोत्सव ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक मेलाको रुपमा सञ्चालन हुने बताउनुभयो । यसअघि संघले चैत्राष्टमी पर्वको अवसर पारेर महोत्सव गर्ने गरेको थियो ।
सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पस परिसरमा हुने महोत्सवमा राष्ट्रियस्तरको लोकदोहोरी, भलिबललगायत प्रतियोगिता, स्थानीय उत्पादनसँगै सूचना, प्रविधिसम्बन्धी परामर्श, प्रदर्शनी र बिक्री कक्ष राखिने छ । चार नं प्रदेशकै पहिचान झल्कने कला, संस्कृति र तस्वीर प्रदर्शनी र प्रतियोगिता पनि राखिने छ ।
महोत्सव हेर्न आउने दर्शकलाई हेलिकप्टरबाट नजिकका पर्यटकीय गन्तव्य घुमाउने योजनासमेत राखिएको संघका द्वितीय उपाध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।




















