धौलागिरि गाउँपालिका– ४ मुदीको नेरवाङस्थित गोरङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
रु ३९ लाख ११ हजार ३२४को लागतमा निर्मि ८५ मि लामो झोलुङ्गे पुलबाट तीन सय घरधुरीका एक हजार ८४० जनसङ्ख्या लाभान्वित भएका छन् । स्वाप, स्वीस राजदूतावास, टिसकएसयु, आरटिएपी, जिल्ला समन्वय समिति र साविक मुदी गाविसको आर्थिक एवम् मिलन म्याग्दीको प्राविधिक सहयोगमा स्थानीय बासिन्दाले रु ७५ हजार बराबरको श्रमदान गरेर झोलुङ्गे पुल निर्माण भएको वडा सचिव सोमबहादुर खत्रीले जानकारी दिनुभयो ।
विसं २०७२ साउन १४ गते रातिको पहिराले नेरवाङमा गोठ पुर्दा चार जनाको ज्यान गएको थियो भने बाढीले गोरङखोलाको पुल बगाएको थियो । पुल बगाएपछि स्थानीय बासिन्दा साँघु (काठको अस्थायी पुल) बनाएर आवतजावत गर्दै आएका थिए । नवनिर्मित पुलको सोमबार धौलागिरि गाउँपालिकाको अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । रासस