नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को २९औँ ¥याफ्टिङ (जलयात्रा) महोत्सव आज सम्पन्न भएको छ ।
त्रिशूली नदीको बेल्खुदेखि मलेखुसम्म २५ किलोमिटरको ¥याफ्टिङ यात्रामा स्वदेशी तथा विदेशी गरी ४०० जनाभन्दा बढीको सहभागिता थियो ।
महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले निजी क्षेत्रसँगको साझेदारीमा सरकारले साहसिक पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकता दिने बताउनुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धनका साथै साहसिक पर्यटनको महत्वपूर्ण आधार ¥याफ्टिङलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनका लागि महोत्सव गरिएको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनुभयो ।
नाराले प्रत्येक वर्ष मे महिनाको अन्तिम शनिबार महोत्सव गर्दै आएको छ । नेपालमा छ हजार नदीनाला रहेका छन् भने यीमध्ये १९ वटामात्रै ¥याफ्टिङका लागि खुल्ला गरिएका छन् । रासस