अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेमा पाँचजना पत्रकार परेका छन् ।
उक्त हमलामा परी मारिनेको संख्या २५ पुगेको छ । अरु दर्जनौँ व्यक्ति घाइते छन् । घाइतेहरुको उपचार जारी छ । मध्य काबुलको एक जिल्लामा भएको आत्मघाती बम हमलामा परी पाँचजना पत्रकारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
सो जानकारीअनुसार सोमबार बिहान दुई वटा आत्मघाती विस्फोट भएका थिए । ती विस्फोटमा परी पाँचजना पत्रकार मारिएका छन् ।
उनीहरुको पहिचान खुलेको छैन । तर एकजना भने फोटो पत्रकार रहेका छन् । सोमबार बिहानको उक्त आत्मघाती विस्फोट कसले र किन गराएको भन्ने बारेमा अझै खुलेको छैन ।
अफगानिस्तानको पत्रकार वकालत समूहले मारिने पत्रकारका बारेमा खोजी भइरहेको जनाएको छ । यस आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन ।
मारिनेमा के कतिजना सर्वसाधारण र कतिजना अफगानिस्तानको अर्धसैन्य बलका सदस्य कति परे भन्ने बारेमा भने केही जानकारी गराइएको छैन । (सिन्ह्वा)