सशस्त्र प्रहरीद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि १७ बुँदे परिचालन कार्ययोजना तयार
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रतिनिधि सभा निर्वाचनका लागि १७ बुँदे परिचालन कार्ययोजना तयार गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उक्त नीति सार्वजनिक गरिएको सशस्त्र प्रहरीका सूचना अधिकारी तथा प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए।