काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रतिनिधि सभा निर्वाचनका लागि १७ बुँदे परिचालन कार्ययोजना तयार गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उक्त नीति सार्वजनिक गरिएको सशस्त्र प्रहरीका सूचना अधिकारी तथा प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए।
उनका अनुसार निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरीलाई तोकिएको जिम्मेवारी त्रुटिरहित रूपमा पूरा गर्ने उद्देश्य सहित नीति तयार गरिएको हो।
नीतिअनुसार निर्वाचनको एक महिनाअगाडि नै निर्वाचन-क्षेत्र सुरक्षा बेस स्थापना गरिनेछ भने स्ट्राइकिङ र मोबाइल टोलीहरू पनि मतदानअघि १५ दिनअगादिदेखि नै सक्रिय रूपमा परिचालन गरिने उल्लेख छ।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार तथा कारागारबाट फरार कैदीबन्दी अझै नियन्त्रणमा नआएकाले यसपालिको निर्वाचन सुरक्षा दृष्टिकोणले चुनौतीपूर्ण हुने सशस्त्र प्रहरीको मूल्यांकन छ।
१७ बुँदे परिचालन कार्ययोजना





















