प्रधानमन्त्री बालेन शाहसँग नभेटी फर्किए अमेरिकी सहायक विदेशमन्त्री कपुर
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा गरी वासिङ्टन डीसी फर्किएका छन्। नेपाल बसाइका क्रममा उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका थिए।