सरकारको नीति तथा कार्यक्रम : संविधान संशोधनको प्रक्रिया अघि बढाउने
काठमाडौँ । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको आ.व. २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने र कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख छ