अनपेक्षित परिणामबाट बिचलित नहुन नेकपा नेता पुनको अपिल, धुलो टक्टकाएर फेरि उठ्ने दावी
काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले निर्वाचनमा अपेक्षित नतिजा नआए पनि निराश नहुन पार्टी पंक्तिलाई आग्रह गरेका छन्। काभ्रेको अनेकोटमा २८औँ शहीद सांस्कृतिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीले आत्मसमिक्षा गर्दै नयाँ ढंगले अघि बढ्ने