सरकारको अधिनायकवादविरुद्ध आन्दोलनमा उत्रिन युवालाई शंकर पोखरेलको आह्वान
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले राज्यका तीन अंगबीचको सन्तुलन कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई अधिनायकवादविरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको