साढे १३ अर्ब नाफा कमाएको आयल निगम आइपिओ ल्याउने तयारीमा
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको नेपाल आयल निगमले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी थालेको छ। सरकारी स्वामित्वको निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी आइपिओ निष्कासन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको