सरकार संकटमा पर्दा जनताको ध्यान मोड्न विषयान्तर गरिरहेको कांग्रेसको आरोप
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नैतिक र राजनीतिक संकटमा परेका बेला समस्या समाधानतर्फ अग्रसर हुनुको सट्टा नयाँ–नयाँ विषय अघि सारेर जनताको ध्यान अन्यत्र मोड्न खोजिरहेको आरोप लगाएको छ। बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज