सिमरा अशान्त, आज पुनः कर्फ्यू आदेश जारी
बारा । नेकपा एमालेका कार्यकर्ता र जेन–जी समूहका युवाबीच बुधबार भएको झडपपछि अशान्त बनेको बाराको सिमरा क्षेत्रमा आज फेरि कर्फ्यू लगाइएको छ। बिहीबार बिहानदेखि नै युवाहरू सडकमा निस्किएर विरोध प्रदर्शन गरिरहेका छन्। बुधबार बेलुका प्रहरी प्रशासन र युवाबीच सहमति भएपछि