अध्यक्ष लिङ्देनले गरेको कारबाहीविरुद्ध उपाध्यक्ष गिरीद्वारा आयोगमा उजुरी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा गरिएको कारबाहीविरुद्ध निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष लिङ्देनले आफूलाई पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट अवैधानिक रूपमा पदमुक्त गरेको भन्दै गिरीले आयोगमा औपचारिक उजुरी दर्ता गराएका हुन्।