राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्रस्तरीय प्रशिक्षण माघ २४ गते इटहरीमा
काठमाडौं । राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना गरिने भएको छ । यस अघि मुलुकको विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।