कांग्रेस संसदीय दलको बैठक आह्वान
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज आउन लागेको बजेटका विषयमा छलफल गर्न आज बिहान ११ बजे कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ ।