नेपाली कांग्रेससहितका विपक्षी दलहरूबीच छलफल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा संघीय संसद्का विपक्षी दलहरूबीच छलफल भइरहेको छ । कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहितका विपक्षी दलहरूबीच संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दलको नेताको कार्यकक्षमा बैठक जारी छ