पोर्चुगल अवैतानिक दूतावासले अप्ठ्यारामा परेका नेपालीलाई सहयोग गर्ने
लिस्बन । पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । शनिबार वक्तव्य जारी गर्दै उहाँले पोर्चुगल सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन सम्पूर्णलाई आह्वान गर्नुभएको हो ।