आत्मघाती बम आक्रमणमा तालिवानी नेताको मृत्यु
काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा एकजना धार्मिक नेताको मृत्यु भएको छ । तालिवानलाई समर्थन गर्दै आएका र महिलालाई पनि शिक्षा दिनुपर्छ भन्ने विचारका पक्षपाती रहेका धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको हो ।