पर्यटन बोर्डका सीईओको पदबहाली
काठमाडौँ । नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले पदबहाली गर्नुभएको छ । बोर्ड सचिवालयमा आज सिईओ रेग्मीले जिम्मेवारी सम्हाल्नुभएको हो । पदबहालीसँगै रेग्मीले बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो