ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुलाइँदै
काठमाडौंं । काठमाडौंका प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो