नक्कली प्रमाण पत्र पेश गरी नियुक्ति लिएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र, डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लाल बहादुर बिकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी नियुक्ति लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले बिकले सव-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल