रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
रामेछाप । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको छ। मङ्गलबार साँझ काठमाडौँबाट मन्थली हुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस