पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
बागलुङ । अविरल वर्षाका कारण पहिराे खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए।