बाढीले झापाका ६७० घरपरिवार जोखिममा
दुई दिनदेखिको अबिरल वर्षाका कारण झापाका करिब ६७० घरपरिवार जोखिममा परेका छन् । वर्षाले जिल्लाका विभिन्न नदी÷खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पसेकाले ती घरपरिवारको बसोबास जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला विपद् व्यवस्थापन शाखाले जनाएको छ