बोलेरो दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु
चौतारा, सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो