पूर्ण बैठकबाट सर्वोच्च अदालतको नियमावली २०७४ पारित
सर्वोच्च अदालतको आजको पूर्ण बैठकले बैठकले २०४९ को नियमावलीलाई खारेज गर्दै नियमावली २०७४ पारित गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तिमा सो नियमावली नेपाल राजपत्रमा सूचना प्रकाशन भएपछि लागू हुने उल्लेख छ