विस्थापितलाई एकीकृत बस्ती
बागलुङ, भूकम्पको असरले जोखिममा परेको काठेखोला गाउँपालिका–५, बिहुँको काउले बस्ती स्थानान्तरण हुने भएको छ । काउले नजिकै सापकोटाचोकमा एकीकृत बस्ती निर्माणको प्रक्रिया अघि बढेको हो । गत असारको भीषण वर्षाले गाउँ नै भासिएपछि काउलेका १४ परिवार विस्थापित बनेका थिए ।